FAQs Complain Problems

त्रिधार्मिक तपो:भूमि हलेसी

Read More

तुवाचुङ

Read More

नगरपालिका कार्यालय

Read More

खोप्चेलिपा पार्क सल्ले

Read More

पर्यटकिय स्थल रर्क गार्डेन

Read More

बिजुले बजार हलेसी तुवाचुङ नगरपालिका

Read More

अर्खोले बजार हलेसी तुवाचुङ नगरपालिका

Read More

सुत्केरी ढुङ्गा

Read More

सप्तेश्वर मन्दिर मंगलटार

Read More

हलेसी तुवाचुङ नगरपालिकाकाे स‍ंक्षिप्त परिचय

हलेसी तुवाचुङ नगरपालिका जिल्ला सदरमुकामबाट पश्चिमी भेगमा करीव ४० किलोमिटरको दुरीमा अवस्थित रहेको छ । हलेसी महादेवस्थानको नामले प्रख्यात यो नगरपालिकाको केन्द्र हलेसी महादेवस्थानको मन्दिरबाट पश्चिमपटि ५ किलोमिटरको दुरीमा रहेको दुर्छिममा पर्दछ । साविकका ११ वटा गाविसहरु मिलेर ११ वटा वडामा फैलिएको यो नगरपालिकाको क्षेत्रफल २८०.१७ बर्ग किलो मिटर रहेको  यस नगरपालिकाको पश्चिममा दुधकोशी नदिले ओखलढुंगा जिल्लालाई छुटयाएको छ भने दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लालाई छुटयाएको छ त्यसैगरी दक्षिण पुर्वि भेगमा दिप्रुङ चुइचुम्मा गाउँपालिका र पुर्वि भागमा दिक्तेल रुपाकोट मुझुवागडी नगरपालिका पर्दछ भने उत्तरी भेगमा रावा वेसी गाउँपालिका पर्दछ । प्राय राई जातिहरुको बाहुल्यता रहेको यस नगरपालिकाको २०६८ को जनगणना अनुसार जनसंख्या २९५३२ (हलेसी तुवाचुङ नगरपालिका नगर पार्श्वचित्र २०७४/७५ अनुसार जनसंख्या ३२४४६) रहेको छ । जिल्लाकै सुखा क्षेत्रको रुपमा रहेको यस जिल्लामा ज्यादै कम पानी पर्ने भएको कारण प्राय सवै वडाहरु सुख्खाग्रस्त क्षेत्रमा पर्दछन, पानी कम पर्ने र पानीका मुहान समेत नभएको कारण यस नगरपालिकाका मानिसहरुको मुख्य समस्या खानेपानीको रहेको कारण घण्टौ समय खानेपानीकोलागी खर्च हुने गरेको छ भने मौसमी बाहेक करेसा बारीमा घरायसी तरकारी उत्पादन गर्न समेत सकिएको देखिदैन ।

यस नगरपालिकाका दुई तिरको भाग दुधकोशी नदि सुनकोशी नदिले घेरेको भए पनि कोशी आसपासका केहि भाग बाहेक अधिकांस भुभाग सुखा ग्रस्त रहेका छन । यस भेगको खानेपानी व्यवस्थापनकालागि दुधकोशीबाट पानी तानेर उपलव्ध गराउने योजना तयारी अन्तिम चरणमा पुगेको भए पनी सम्पन्न गर्नकोलागि अझैै केहि समय पर्खिनु पर्ने देखिन्छ । नगरपालिकाका केहि गाविसहरुलाइ सुन्तलाको पकेट क्षेत्र तोकिएको र मोटरबाटो करिडोरलाई तरकारी पकेट क्षेत्र निर्धारण गरिएको भए पनि आवश्यक सिंचाइको सुविधा नपुगेको कारण यो त्यति प्रभावकारी रुपमा अगाडी बढन सकेको देखिदैन । सुखा क्षेत्रमा उत्पादन हुने बदाम यस यस नगरपालिका क्षेत्र भित्रको राम्रो आम्दानीको श्रोत बन्दै आएको छ । यहां उत्पादन बदाम जिल्लाका अन्य भाग लगायत काठमाण्डौ र छिमेकी जिल्ला ओखलढुंगालाइ समेत चाहिंदो मात्रामा आपुर्ति गराउंदै आएको छ । यस क्षेत्रमा बदम खेतिलाई अझ व्यवस्थित तरिकाले व्यवसायिक रुपमा उत्पादन गर्न सकेमा यस समुदायका मानिसहरु आत्प निर्भर वन्न सक्ने देखिन्छ ।

 

 

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
9842974571
नगर उप प्रमुख
9851002354

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
9852888877
अधिकृत छैटौं (सुचना अधिकारी)
9852840740
इन्जिनियर
9862163809
सूचना तथा संचार प्रविधि अधिकृत
9860570012

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया मिलाई आइको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००।-
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको निवेदन,
नाता प्रमाणित प्रमाण पत्र,
जग्गा धनि प्रमाण पुर्जा,
मृत्यु दर्ता प्रमाण पत्र,
हकवालाको नागिरकताको प्रमाण पत्र,
हकदारहरुको फोटो २/२ प्रति,
अंशवण्डाको हक स्थापित भएको अवस्थामा अं.व. पत्रको प्रतिलिपी ,
चालु आर्थिक बर्ष सम्मको एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ,
मालपोत कर

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाण पत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आइको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००।-
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको निवेदन,
नाता प्रमाणित गर्नेको जन्म दर्ता÷नागरिकता,
दुवै पक्षको पासपोर्ट साईजको दुई÷दुई प्रति फोटोहरु,
आवश्यकता अनुसार जन्म,विवाह,मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र,
चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाण पत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आइको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०।-
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको निवेदन,
अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार,
साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु ,
पार्सपोर्ट साईजको फोटो ४ प्रति,
चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद,
सर्जमिन मुचुल्का, अनुसुचि फाराम

सेवा प्रकारः- आर्थिक सहयोग
सेवा समयः- प्रक्रिया मिलाई आइको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- लेखा अधिकृत
सेवा दिने कार्यालयः- वातावरण सरसफाई तथा विपद व्यवस्थापन उपशाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

• व्यहोरा खुलेको निवेदन
• नागरिकताको प्रतिलिपि
• सम्बन्धित वडाको सिफारिस
• अस्पतालको कागजपत्र

सेवा प्रकारः- योजना
सेवा समयः- प्रक्रिया मिलाई आइको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- लेखा अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय (आर्थिक प्रशासन शाखा)
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

• भुक्तानी माग निवेदन
• सम्बन्धित वडाको सिफारिस
• कार्य सम्पन्‍न प्राविधिक मुल्याङ्‍कन
• नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
• प्रमाणित बिल भरपाईहरु
• बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल
• सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन
• योजना शुरु हुनु पुर्व सञ्‍चालन हुदैँ गर्दा र सम्पन्‍न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु
• उपभोक्ता समितिले आय व्ययको सम्बन्धमा गरेको निर्णय प्रतिलिपि
• पाँच लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु
• मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल

सेवा प्रकारः- योजना
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- योजना अधिकृत(नगरपालिका) र वडा सचिव(वडा)
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय (योजना उपशाखा) र वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

• सम्झौता माग निवेदन
• सम्बन्धित वडाको सिफारिस
• वडा अध्यक्ष वा वडा सदस।यको रोहबरमा उपभोक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
• उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
• उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• प्राविधिक लागत अनुमान
• समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आइको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०।-
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको निवेदन,
नागिरकताका अनुसुचि फाराम,
बंशजको नाता खुल्ने व्यक्तिकोे नागरिकताको प्रमाण पत्र,
नाता खुल्ने व्यक्तिको सनाखत,
विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र ,
वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र ,
पासपोर्ट साइजको फोटो ४ प्रति ,
जन्म दर्ताको प्रमाण पत्र ,
निवेदकको ३ पुस्ता भित्रको सनाखत गर्ने व्यक्तिको नागरिकता सहित लिई आउनुपर्ने ,
चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद

जानकारी