FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

योजना भुक्तानी तथा फरफारक गर्दा चाहिने कागजातहरू :

  • भुक्तानी माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • कार्य सम्पन्‍न प्राविधिक मुल्याङ्‍कन
  • नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
  • प्रमाणित बिल भरपाईहरु
  • बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल
  • सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन
  • योजना शुरु हुनु पुर्व सञ्‍चालन हुदैँ गर्दा र सम्पन्‍न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु
  • उपभोक्ता समितिले आय व्ययको सम्बन्धमा गरेको निर्णय प्रतिलिपि
  • पाँच लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु
  • मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल

योजनाको पेश्की माग गर्न आवश्यक कागजातहरू :

  • पेश्की माग निवेदन
  • योजना सम्झौताको प्रतिलिपि
  • प्राविधिक स्टिमेट
  • सम्बन्धित वडाको सिफारिस
  • नागरिकताको प्रतिलिपि

उद्योग तथा व्यवसाय दर्ता सम्बन्धित वडा कार्यालयमा गर्नुपर्छ।

योजना सम्झौता गर्न आवश्यक कागजातहरू :-

  • सम्झौता माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • वडा अध्यक्ष वा वडा सदस्यको रोहवरमा उपभोक्ता समिति ‍गठन गरी अध्यक्षबाट प्रमाणित गरेको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • प्राविधिक लागत अनुमान