FAQs Complain Problems

हलेसी तुवाचुङ नगरपालिकाकाे स‍ंक्षिप्त परिचय

हलेसी तुवाचङ नगरपालिका जिल्ला सदरमुकामबाट पश्चिमी भेगमा करीव ४० किमिको दुरीमा अवस्थित रहेको छ । हलेसी माहादेवस्थानको नामले प्रख्यात यो नगरपालिकाको केन्द्र हलेसी माहादेवस्थानको मन्दिरबाट पश्चिमपटि ५ किलो मिटरको दुरीमा रहेका दुर्छिममा पर्दछ । साविकका ११ वटा गाविसहरु मिलेर ११ वटा वडामा फैलिएको यो नगरपालिकाको क्षेत्रफल २८०.१७ बर्ग किलो मिटर रहेको छ भने यस नगरपालिकाको पश्चिममा दुधकोशी नदिले ओखलढुंगा जिल्लालाई छुटयाएको छ भने दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लालाई छुटयाएको छ त्यसैगरी दक्षिण पुर्वि भेगमा दिपु्रङ गाउंपालिका र पुर्वि भागमा रुपाकोट मुझुवागडी नगरपालिका पर्दछ भने उत्तरी भेगमा लामीडांडा गाउंपालिका पर्दछ । प्राय राई जातिहरुको बाहुल्यता रहेको यस नगरपालिकाको २०७८ को जनगणना अनुसार जनसंख्या २७०७८ (हलेसी तुवाचुङ नगरपालिका नगर पार्श्वचित्र २०७४/७५ अनुसार जनसंख्या ३२४४६) रहेको छ । जिल्लाकै सुखा क्षेत्रको रुपमा रहेको यस जिल्लामा ज्यादै कम पानी पर्ने भएको कारण प्राय सवै गाविसहरु सुखा ग्रस्त क्षेत्रमा पर्दछन, पानी कम पर्ने र पानीका मुहान समेत नभएको कारण यस नगरपालिकाका मानिसहरुको मुख्य समस्या खानेपानीको रहेको कारण घण्टौ समय खानेपानीकोलागी खर्च हुने गरेको छ भने मौसमी बाहेक करेसा बारीमा घरायसी तरकारी उत्पादन गर्न समेत सकिएको देखिदैन ।

यस नगरपालिकाका दुइ तिरको भाग दुधकोशी नदि सुनकोशी नदिले घेरेको भए पनि कोशी आसपासका केहि भाग बाहेक अधिकांस भुभाग सुखा ग्रस्त रहेका छन । यस भेगको खानेपानी व्यवस्थापनकालागि दुधकोशीबाट पानी तानेर उपलव्ध गराउने योजना तयारी अन्तिम चरणमा पुगेको भए पनी सम्पन्न गर्नकोलागि अझैै केहि समय पर्खिनु पर्ने देखिन्छ । नगरपालिकाका केहि गाविसहरुलाइ सुन्तलाको पकेट क्षेत्र तोकिएको र मोटरबाटो करिडोरलाई तरकारी पकेट क्षेत्र निर्धारण गरिएको भए पनि आवश्यक सिंचाइको सुविधा नपुगेको कारण यो त्यति प्रभावकारी रुपमा अगाडी बढन सकेको देखिदैन । सुखा क्षेत्रमा उत्पादन हुने बदाम यस यस नगरपालिका क्षेत्र भित्रको राम्रो आम्दानीको श्रोत बन्दै आएको छ । यहां उत्पादन बदाम जिल्लाका अन्य भाग लगायत काठमाण्डौ र छिमेकी जिल्ला ओखलढुंगालाइ समेत चाहिंदो मात्रामा आपुर्ति गराउंदै आएको छ । यस क्षेत्रमा बदम खेतिलाइ अझ व्यवस्थित तरिकाले व्यवसायिक रुपमा उत्पादन गर्न सकेमा यस समुदायका मानिसहरु आत्प निर्भर वन्न सक्ने देखिन्छ ।